दहचोकको गढी संरक्षणमा पनि नेपाली सेनाको चासो

मंसिर २८, काठमाडौं । नेपाली सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ । ऐतिहासिक महत्वका सात ओटा गढी आगामी पाँच वर्षभित्रमा पुनःनिर्माण संरक्षण गर्ने कार्ययोजना बनाएको हो । 

नेपाली सेनाका प्रवक्ता गोेकुल भण्डारीले पहिलो चरणमा सिन्धुली, मकवानपुर, चिसापानी, जितपुर, नुवाकोट, हरिहरपुर र उपरदाङगढीको पुनःनिर्माण तथा पुरानो अवस्थामा ल्याउन नेपाली सेनाको प्राविधिक टोलीले काम गरिरहेको वताए । प्रवत्ता भण्डारीले चरणबद्ध रूपमा काम जारी रहेको जानकारी दिए । 

 

null

रू. २१ करोड ५९ लाखको लागतमा सेनाले उक्त कार्य गर्नेछ । ऐतिहासिक महत्वका यस्ता गढी किल्ला लगायतका संरचना र सम्पदाको पुनःनिर्माण एवम् संरक्षणले मुलुकको पर्यटन प्रवर्दनमा समेत महत्वपूर्ण योगदान पुग्नेछ । ऐतिहासिक गढी पुनःनिर्माण र संरक्षण प्राथमिकतामा, अन्तर्गत ५ वर्षमा ७ ओटाको पुनःनिर्माण गरिने भएको हो । 

प्रधानमन्त्री केपि शर्मा ओली दहचोक गढीको महत्व,ऐतिहासिकतालाई कायम गर्न र संरक्षणमा मा जोड दिदै नेपाली सेनालाई संरक्षणमा लाग्न जोड दिएका थिए । नेपाली सेनाले दहचोकको गढी संरक्षण गर्ने भएको छ । नेपाली सेनाले पुरातात्त्विक र ऐतिहासिक सम्पदा बोकेको दहचोक गढी संरक्षणमा चासो देखाएको हो । 

 

दहचोकको सामरिक महत्व र ऐतिहासलाई जिवित राख्न गढी संरक्षण गर्न लागेको एक स्रोतले बतायो । नेपाली सेनाले स्थलगत अध्ययन तथा प्राविधिक टोलीको रिपोर्ट पश्चात् बजेट निधारर्ण गर्ने तयारी रहेको छ । नेपाली सेनाले नेपालको ऐतिहासिक गढी र किला मध्ये दहचोकको गढी पनि जिउँदो इतिहास रहेको कारण संरक्षण तथा सम्वर्धन गर्न लागेको हो । दहचोक गढी नेपाल एकिकरणको महत्वपूर्ण र गौरबको गढी मध्ये एक हो । बीर सहिद सेना नायक काजी कालु पाँडेको किर्तिपुरमा साहादत प्राप्ति पश्चात् दहचोकको शिरमा समाधिन गरिएको थियो त्यस कारण पनि महत्त्वपूर्ण स्थान मानिन्छ दहचोक गढी । दहचोकको गढीलाई युद्ध पर्यटनमा जोडनु पर्ने विज्ञहरूको वताउदै आईरहेका छन् । 

पर्यटनको राम्रो गन्तव्यको रूपमा विकास गर्न चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरी आफैँ  लागि परेका छन् । दहचोकमा अबका दिनहरूमा होटल, रेष्टुरेन्ट र पर्यटकीय पूर्वाधार तयार पार्न पर्यटन व्यवसायीहरूले चासो देखाई सकेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पुर्णिमाको दिन ईन्द्र दह स्नान मेला पनि लाग्दै आएको छ । दहचोकको विकासका लागि चन्द्रागिरी नगरपालिकाले भ्यु टावर, फुटटेल, बिश्राम स्थलको लागि बजेट समेत बिनियोजित गरी काम अघि बढिरहेको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । 

चन्द्रागिरी नगरपालिका युवा नेता तथा समाजसेवी देवेन्द्र प्रधानले दहचोक गढीलाई ऐतिहासिक र साँस्कृतिक वनाउँनु हामी सवैको जिम्मेवारी रहेको बताउछन् । उनले भने यस्ता ठाउँ यहाँमात्र होईन अन्य ठाउँहरूको पनि खोजी र ऐतिहासिक सम्पदाहरूलाई जिबित राख्नु पर्ने आवश्यता छ । दहचोकको विकासका लागि स्थानिय सरोकार कर्मीहरू तिब्र लागि रहेका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले दहचोकको विकासमा चासो देखाएका थिए । भ्रमण वर्ष ९९९८ को अवसरमा गिरिजाप्रसाद कोईरालाले दहचोकको विकासका लागि राज्यकोषबाट सहयोग प्रदान गर्ने बताएका थिए । 

सो पश्चात् गणतन्त्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रत्येक वर्षको फागुन ८ गते सधैँ आउँने प्रतिबद्धता जाहेर गरिसकेका छन् । वि.सं. १८२० साल तिर तत्कालिन नेपालका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको शिलशिलामा काठमाडौं उपत्यका बिजय गर्न आफ्ना सेनाहरु तैनाथ गर्ने उद्देश्यले निर्माण गराएको दहचोक गढी अहिले पुरै भग्नावशेषमा परिणत भएको छ । गढी भत्किएपछि अहिले यसका ऐतिहासिक दस्तावेजहरु पुरिएका मात्र छैनन्, त्यो ठाउँमा गढी थियो र भन्ने सम्मको अवस्था आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *