चितवनका आठ जना पत्रकार सम्मानित


मंसिर १७, चितवन । पत्रकार महासंघ चितवन शाखाले आठजना क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ ।पत्रकार महासंघ चितवन शाखाको आज सम्पन्न भएको साधारण सभामा चितवनका आठ पत्रकार सम्मानित भएका हुन् ।
सम्मानित हुने पत्रकारहरुमा कृष्ण गिरी, दीपक आचार्य, रामबाबु सुवेदी, चिन्तामणि पौडेल, सबिता श्रेष्ठ, प्रमिता ढकाल, शारदा पौडेल, अजिता अधिकारी रहेका छन् ।
null
उनीहरुलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगायतले सम्मान गरेका थिए । मैयाँदेवी पत्रकारिता पुरस्कारबाट दिपक आचार्य र रामबाबु सुवेदी सम्मानित भएका हुन् ।
पुरस्कारको राशी ५१ हजार १५१ रुपैयाँ रहेको छ । यसैगरी अनन्त गंगा पत्रकारिता पुरस्कारबाट कृष्ण गिरी र चिन्तामणि पौडेल सम्मानित भएका हुन् । सो पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । यसैगरी बालकुमार विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट सबिता श्रेष्ठ र प्रमिता ढकाल सम्मानित भएका हुन् ।
उक्त पुरस्कारको राशी ११ हजार १११ रहेको छ । यस्तै, सुजश्री मैयाँदेवी पत्रकारिता पुरस्कारबाट शारदा पौडेल र अतिजा अधिकारी सम्मानित भएका छन् । सो पुरस्कारको राशी १० हजार १११ रुपैयाँ रहेको छ ।
