दाङमा बाख्राले जन्मायो एकसाथ ६ वटा पाठापाठी


मंसिर २१, लमही, २१ । दाङमा तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको एउटा बाख्राले ६ वटा पाठापाठी जन्माएको छ ।
त्यस मध्ये २ वटा पाठो र चार वटा पाठी रहेका थिए भने एउटा पाठो जन्मिने वित्तिकै मृत्यु भएको थियो । अरु ५ वटा पाठापाठी भने जिबित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताए ।
बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताए । उनका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो । एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले बताए ।
null
यसअघि दाङमा तीनवटासम्म पाठापाठी पाउने गरेको भए पनि ६ वटा पाउनु नौलो घटना भएको उनले बताए । एउटा बाख्राले बढीमा तीनवटासम्म हुर्काउनसक्ने भन्दै जीवित रहेका पाँचवटा पाठापाठीलाई हुर्काउन बाहिरी आहारामा ध्यान दिनुपर्ने पशु विकास अधिकृत भट्टको भनाइ छ ।
बाख्राको एउटा बच्चालाई आफ्नो शरीरको तौलको १० भागमध्ये एकभाग दूध चाहिने उनले बताए तर त्यति दूध एउटै बाख्राले उत्पादन गर्न नसक्ने पशु विकास अधिकृत भट्टको भनाइ छ ।
