गाईभैँसीलाई सुत्केरी भत्ता

रत्ननगर नगरपालिकाले गाईभैँसीलाई बिहीबार सुत्केरी भत्ता दिएको छ । गत साउन र भदौमा ब्याएका ७५ वटा गाईभैँसीलाई बिहीबार सुत्केरी भत्ता दिएको छ । 

पशुपालक किसानलाई सुत्केरी भत्तास्वरूप पाँच सय रुपैयाँ दिइएको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा दुई हजार सुत्केरी गाईभैँसीलाई भत्ता वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

किसानलाई पशुपालनमा प्रोत्साहन र पशुहरूको सम्मानका लागि भत्ता वितरण गरिएको मेयर नारायण वनको भनाइ छ । रत्ननगर–१ भक्तिनीमा रहेको अमृतधारा दूग्ध उत्पादक सहकारी संस्थामा आयोजित कार्यक्रममा वडा नं ८, ४, ७, ६ र १ का ४१ र झुवानीका ३२ जना किसानले पालेका ३४ वटा सुत्केरी पशुलाई भत्ता दिइएको पशुपंक्षी शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *