युनाइटेडले बर्नेमाउथलाई हरायो

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ४ – १ गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा १० खेलाडीमा सिमित युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दुई गोल गरे । यस्तै मार्कुस राष्फोर्ड र रोमेरो लुकाकुले एक गोल गरे । बर्नेमाउथका नाथन एकेले एक गोल गरे  ।  

बर्नेमाउथविरुद्ध युनाइटेडले खेलको पाँचौ मिनेटमा पोग्बाको गोलबाट अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडको अग्रता २ – ० को बन्यो । 

null

 

खेलको ४५ औं मिनेटमा राष्फोर्डले गोल गरेपछि युनाइटेड ३ – ० ले अघि रह्यो । तर, पहिलो हाफको इन्जुरी समयमा बर्नेमाउथका नाथन एकेले गोल गर्दै खेल ३ – १ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७२ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई ४ – १ को सहज जित दिलाए  । 

यस्तै खेलको ७९ औं मिनेटमा एरिक विलिले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायर आएपछि युनाइटेडको यो लगातार तेस्रो जित हो । खराब प्रदर्शन जारी रहेपछि मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै युनाइटेडले सोल्सायरलाई प्रशिक्षणको जिम्मा दिएको थियो । 

 

जितसंगै युनाइटेडले २० खेलबाट ३५ अंक जोडेको छ । युनाइटेड लिगको छैटौं स्थानमा छ । बर्नेमाउथ २६ अंक जोडेर १२ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *