बिन्दास जोडीको बिन्दास तस्विर…

 

मंसिर २१, काठमाडौँ । नायिका तथा मोडेल प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी प्रेमकै कारण प्रायः चर्चामा आइरहन्छन् । 

यो जोडी बिवाहको नजिक पुगेसँगै एकापसमा अझै खुल्न थालेको देखिन्छ । उनीहरुको इन्गेजमेन्ट भइसकेको छ । खुलेर प्रेम गर्न रुचाउने यो जोडी बेलाबखतमा आलोचना पनि खेपिरहन्छन् । 

null

 ‘कथा काठमाण्डु’ र ‘चङ्गा चेट’ चलचित्रमा संगै काम गरिसकेकाे यो जोडीले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्विरले नै बजारमा तहल्का पिट्ने गर्दछ । तर जति आलोचना, टिका टिप्पणी भएपनि उनीहरु निर्धक्कले तस्विरहरु अपलोड गर्छन् । 

हालसालै प्रियंकाले इन्स्टाग्राममा आफ्नो जोडीको फोटो पोष्ट गरेकी छिन् । जाडोको समयमा उनीहरु भने निकै हट अवतारमा देखिएका छन् । याे तस्विर अहिले निकै भाइरल भइरहेकाे छ । 

अभिनेत्री प्रियंका कार्की आफ्नो जीवनका हरेक पलहरुलाई सामाजिक सञ्जालमार्फत शेयर गर्न रुचाउँछिन् । हालै यो जोडिको नयाँ चलचित्र ‘प्रेम दिवस’ को छायांकन भइरहेको छ । उनीहरू चलचित्रमै व्यस्त छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *