‘सारेगमप लिटिल च्याम्प’ का सहभागी प्रितमलाई ईटहरी उपमहानगरपालिकाद्धारा सम्मान 

 

पुस ५, धरान । भारतीय चर्चित रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’का सहभागी प्रितम आचार्यलाई ईटहरी उपमहानगरपालिकाद्धारा सम्मान गर्नुका साथै गायन प्रतियोगीता जितेर आउन बिदाई गरेको छ । 

चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’को मेघा राउण्डमा प्रवेश गरेका इटहरीका प्रितम आर्चाय शुक्रबार भारत जाँदैछन् । आचार्यलाई इटहरीका मेयर द्धारिकलाल चौधरीले नेपाली टोपी लगाइ बिदाई गरेका हुन । 

null

सोही कार्यक्रममा उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा प्रदान परेका थिए । प्रितम आचार्यले ईटहरी उपमहानगरका साथै नेपालकै नाम देश विदेशमा राख्ने बताएका छन् । आचार्यलाई उपमहानगरले ५ हजार बाटो खर्च समेत उपलब्ध गराएको उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले जानकारी दिएका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *