राष्ट्रपतिको समवेदना तयार पार्दा गल्ती गर्ने परराष्ट्रका कर्मचारीलाई स्पष्टिकरण

काठमाडौं। परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारबाही गर्ने भएको छ। 

बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारबाही गरिने उल्लेख छ। 

सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि भएको नभई मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ। 

null

सचिवालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटि र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *