प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’

 

मंसिर १६, काठमाडौँ । एसिया प्यासिफिक समिटको समापन समारोहमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड लिडरसिपि एण्ड गभर्नेन्स’ पुरस्कार प्रदान गरिएको छ । 

सम्मेलन हुनु अगावै विवादस्पद बनेको क्रिश्चियन संस्था युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा सो पुरस्कार प्रदान गरेको हो । 

null

संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। 

कार्यक्रममा ‘सच्चा माता’ कोरियन धर्मगुरु हाक जा हान मुनले त्यहाँ उपस्थित जोडीहरुलाई आर्शिवाद दिएकी थिइन् । आर्शिवाद ग्रहण कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको हो । 

पुरस्कार ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले बालबालिका तथा युवा विकासमा सो रकम खर्च गर्ने जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *