अप्रिलमा बन्द हुनेछ गुगलको यो सर्भिस !

 

मंसिर २६, काठमाडौँ । संसारको सबैभन्दा ठूलो सर्च इञ्जिन कम्पनी गुगलले आफ्नो सोशल मिडिया प्लेटफर्म ‘गुगल प्लस’ अप्रिल २०१९ मा बन्द गर्ने भएको छ । 

गुगल प्लसका ५.२ करोड प्रयोगकर्ताको डाटा प्रभावित भएका कारण यो बन्द गर्न लागेकाे हाे । 

null

गुगलले यसमा ठूलो गडबडी आएको र यसले ५.२ करोड प्रयाेगकर्ताहरूकाे  व्यक्तिगत डाटा प्रभावित भएका कारण आफ्नो यो सेवा बन्द गर्नुपरेकाे बताएकाे छ ।  

गुगलले अगष्ट २०१९ मा बन्द गर्नुपर्ने भएतापनि यसै गडबडीका कारण अप्रिलमा नै गुगल प्लस सट डाउन गर्नेछ । 

यो वर्षको अक्टोबरमा गुगलले गुगल प्लसको सफ्टवेयरमा बग रिपोर्ट गर्यो जसका कारण यसको API प्रभावित भयो । मार्च २०१८ मा आएको बग का कारण करिब ५० लाख प्रयाेगकर्ताहरूकाे डाटा प्रभावित भएको थियो । गुगलले मार्चमा आएको यो बगको ढिलो रिपोर्ट गरेको थियो । यसको कारण विनियामक कठिनाइ बताइएको छ । उक्त रिपोर्ट पश्चात् गुगलले यस सोशल मिडिया प्लेटफर्म बन्द गर्ने घोषणा गरेको थियो । गुगलले आफ्नो ब्लग पोष्टमा सोमबार (१० डिसेम्बर) मा केही प्रयोगकर्ताहरुको नोभेम्बरमा आएको सफ्टवेयर अपडेटका कारण गुगल प्लस API मा बगको सामना गर्नु परेको उल्लेख गरेको थियो । 

 

यस बगको गुगलले एक हप्ताभित्रै फिक्स गरेको थियो तर यसको बारेमा प्रयोगकर्तालाई अहिले जानकारी गराएको हो । 

गुगलले तेस्रो पक्षको कुनैपनि प्रकारको अट्याक नभएको बताएको छ । ऐप डेभलपर्स (जोसँग यूजर्स डाटा एक्सेस थियो) ले ६ दिनका लागि यूजर्सको डाटा दुरुपयोग गरेका छन् । यसै कारण गुगल प्लस एपीआई को यस बगका बारेमा जानकारी मिलेको ९० दिनमा बन्द हुनेछ । यसै नयाँ बगका कारण करिब ५.२ करोड प्रयोगकर्ता प्रभावित भएका हुन् । 

API का कारण ऐप डेभलपर्सले यूजर्सको नाम, इमेल, व्यावसाय, उमेर इत्यादी पत्ता लगाउन सक्थे । 

गुगलले यस ब्लग अनुसार यस बगको कारण प्रयोगकर्ताका वित्त जानकारी, नेश्नल आइडी नम्बर आदीका बारेमा जानकारी डेभलपर्सलाई मिलेको छैन । अहिले गुगलले यस बगका बारेमा प्रयोगकर्तालाई सूचित गर्न सुरु गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *