सिरी ‘ए’ मा लिग लिडर युभेन्ट्सको अपराजित यात्रा कायम, ११ अंकको अग्रता

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साबिक विजेता तथा लिग लिडर युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई ३ – ० गोल अन्तरले हराउँदै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो ।  

फियोरेन्टिनाको मैदानमा युभेन्ट्सको सहज जितमा रोड्रिगो बेन्टानकर, जर्जियो चिलिनी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । 

घरेलु टोलीविरुद्ध युभेन्ट्सले खेलको ३१ औं मिनेटमा बेन्टानकारको गोलबाट अग्रता बनाएको थियो । खेलको ६९ औं मिनेटमा चेलिनीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । 

null

त्यसपछि खेलको ७९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरेका थिए । यस्तै रोनाल्डोले युभेन्ट्सका लागि पहिलो सिजनमै १४ खेलमा १० गोल पुरा गर्दै पुर्व स्टार चार्ल्सले बनाएको कीर्तिमानसंग बराबर गरेका छन् । 

तर, रोनाल्डोले पेनाल्टीमा गोल गरे लगत्तै एक पहेलो कार्डको सामना गरेका थिए ।  गोल गरेपछि बललाई हावामा प्रहार गरेको भन्दै रेफ्रीले रोनाल्डोलाई पहेलो कार्ड देखाएका थिए ।  

जितसंगै युभेन्ट्सले लिगमा १३ औं जित निकालेको छ । र, युभेन्ट्सले १४ खेलबाट ४० अंक जोडेको छ ।  युभेन्ट्सले दोस्रो स्थानको नापोलीविरुद्ध ११ अंकको अग्रता समेत बनाएको छ ।  

फियोरेन्टिना १८ अंक जोडेर दशौं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *