सिटी समूह विजेता, म्यानचेस्टर युनाइटेड भ्यालेन्सियासँग पराजित

एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब होफेनहाइमलाई २ – १ ले हराएर सिटी समूह ‘एफ’ को विजेता बनेको हो ।  

घरेलु मैदानमा सिटीलाई जित दिलाउन लोरी सानेले दुई गोल गरे । होफेनहाइमका आन्द्रेज कर्मारीचले एक गोल गरे ।खेलमा सुरुवाती अग्रता भने होफेनहाइमले बनाएको थियो ।  खेलको १६ औं मिनेटमा पेनाल्टीमा कर्मारीचले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । 

 

null

तर, खेलको ४५ औं मिनेटमा सिटीका सानेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ६१ औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २ – १ को जित दिलाए । जितसंगै सिटीले ६ खेलबाट १३ अंक जोड्यो । ३ अंक जोडेको होफेनहाईम पुछारमा रह्यो । 

यस समूहबाट लियोनले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनायो । ८ अंक जोडेको लियोनले बुधबार राति शख्तर डोनेक्स्टसंग १ -१ गोलको बराबरी खेलेको थियो । 

 

युनाइटेड युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएको छ । बुधबार राति भएको खेलमा युनाइटेड भ्यालेन्सियासंग २ – १ गोल अन्तरले पराजित भएको हो । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा फिल जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड स्तब्ध बनेको हो ।  

 

खेलको १७ औं मिनेटमा कार्लोस सेलोरले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता  दिलाएका थिए  । खेलको ४७ औं मिनेटमा जोन्सले आत्मघाती गोल गर्दा भ्यालेन्सिया २ – ० ले अघि रह्यो  । त्यसपछि खेलको ८७ औं मिनेटमा मार्कुस राष्फोर्ड एक गोल फर्काए पनि युनाइटेड २ – १ ले पराजित भयो  ।  

 

भ्यालेन्सियासंग पराजित भएपनि युनाइटेड समूह ‘एच’को उपविजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।  युनाइटेडले ६ खेलबाट १० अंक जोड्यो । ८ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रह्यो । यस समूहबाट युभेन्ट्स समूह विजेता बन्यो  ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *