सानिमा बैंकको निःशुल्क आँखा शिविर

पुस १६, काठमाडौँ । सानिमा बैंक लि. ले पोखरामा अवस्थित न्यूरोड र बगर शाखाले पौष १४ गते निः शुल्क आँखा शिविर सम्पन्न गरेको छ । पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको हातामा हिमालय आँखा अस्पतालको प्राविधीक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । 

 

शिविरको उद्घाटन पोखरा मा.न.पा.वडा नं. २०, कास्कीका वडा अध्यक्ष सिम बहादुर गुरुङ्गले गरेका थिए भने पोखरा क्षेत्रका लागि बैकका क्षेत्रिय प्रबन्धक भाबुक तण्डुकारले उक्त उद्घाटन सामारोहमा शुभकामाना मन्तव्य व्यक्त गर्दै बैंकले आगामी दिनहरुमा पनि स्थानियलाई सहयोग गर्ने जानकारी दिए । उक्त शिविरमा भलाम र मौजाका ३०० स्थानियवासीको आँखा परीक्षण गरिनुका साथै सहभागि २०० जना बिरामीहरुलाई निःशुल्क औषधी र चश्मा वितरण गरेका थिए साथै ७ जना मोतिया बिन्दुको बिरामीलाई थप उपचारका लागि हिमालय आँखा हस्पिटलमा सिफारिस गरेका थिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *