क्रिसमसका अवसरमा धरान आउँदैछन् भारतीय गायक गजेन्द्र बर्मा

मंसिर २६, धरान । त्यसो त धरानले लाई नाच्न कुनै आइतबार पर्खनु पर्दैन । त्यसमाथि चाडपर्वमा धरानेहरु सांगितिक साँझमा नझुम्ने कुनै हुँदैन । अंग्रेजी नयाँ वर्ष नजिकिए सँगै धराने युवायुवतिहरु लाइभ कन्सर्टमा झुम्न थालिसकेका छन् । 

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पूर्वाञ्चलमै पहिलो पटक धरानमा भारतीय कलाकार गजेन्द्र बर्मा आउने भएका छन् । सिल्भर इन्टरटेनमेन्टको प्रस्तुतिमा आउँदो डिसेम्बर २५ का दिन धरान रंगशालामा ‘गजेन्द्र बर्मा लाइभ इन धरान’ सांगितिक कार्यक्रम हुने भएको छ । 

 

null

भारतीय सांगितिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक बर्माको ‘तेरा घाटा, मेरा कुछ नहिँ जाता’ भन्ने गीत सुपरहिट छ । गायक गजेन्द्रका नेपालमा समेत फ्यान फ्लोवर्स अत्याधिक रहेकोले क्रिसमसका अवसरमा उनलाई धरान ल्याउने तयारी भएको आयोेजक मध्येका रबि राईले बताए । 

गायक बर्मालाई साथ दिन द अर्थ ब्याण्डका गायक शिव लामिछाने, गायिका आस्था राउतको समेत प्रस्तुति रहने बताइएको छ । कार्यक्रमलाई नेपाल आइडलकी होस्ट नायिका रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । गायक लामिछानेका ‘चाहे माया गर या नगर, पुरानो माया’ गीत अत्याधिक चर्चामा छन् । यता गायिका आस्था राउत भने ‘चौबन्दीमा पटुकी’ बोलको गीतले नेपाली सांगितिक क्षेत्रमा स्थापित भएकी हुन् । 

आयोजक रबि राईले लाइभ कन्सर्टबाट उठेको रकम मध्ये केहि रकम अनाथ बालबालिकालाई सहयोग गर्ने बताए । ‘कन्सर्टबाट उठेको रकममा केहि प्रतिशत धरानका अनाथ बालबालिकालाई सहयोग गर्ने योजना बनाएकोले सम्पूर्ण पूर्वाञ्चलबासीलाई टिकट काटेर कार्यक्रम हेर्न अनुरोध गर्दछु ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *