१२ बुँदे घोषणापत्र पारित गर्दै सकियो पत्रकार महासंघको राष्ट्रिय सम्मेलन

 

पुस ६, विराटनगर । नेपाल पत्रकार महासंघको विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलन १२ बुँदे विराटनगर घोषणापत्र पारित गर्दै आज सम्पन्न भएको छ । 

दुई दिनसम्म चलेको सम्मेलनले नेपाल पत्रकार महासंघको आउँदो निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुने बाटो समेत खोलेको छ । खर्चिलो र भडकिलो तरिकाले हुँदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेसामा विकृती बढाउन थालेको भन्दै विकल्प खोज्न निर्देश गरेपछि अगामी निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न बाटो खुलेको हो । 

null

नेपाल पत्रकार मंहासंघका अध्यक्ष गोविन्द आर्चायले विराटनगरमा भएको राष्ट्रिय सम्मेनलको निर्णयलाई यही पुस ६ र ७ मा धनकुटामा बस्ने केन्द्रिय समितिको बैठकबाट अनुमोदन गर्ने र फागुनमा हुने साधारणसभाबाट विधान संशोधन गरेर विधिवत रुपमा महासंघमा प्रत्यक्ष प्रणालीको निर्वाचनको थालनी गराउने बताए । नेपाल पत्रकार महासंघले हालसम्म शाखा र केन्द्रको निर्वाचन पार्षद प्रणालीबाट गराउँदै आएको छ । 

त्यसैगरी राष्ट्रिय सम्मेलनले सदस्य वितरणको अनुगमन नियमन गर्ने अधिकार प्रदेश समितिलाई हस्तान्तरण गरेको छ । भेलाले निजामती कर्मचारी र सक्रिय नभएका पत्रकाहरुको सदस्यता नबिकरण नगर्ने अनि शुद्धिकरणमा सबै जिल्ला शाखाहरुलाई कठोर बन्न पनि निर्देश गरेको छ । 

सरकारले लागू गरेको न्युनतम पारिश्रमिक लागू गराउन पत्रकार महासंघ हदै सम्म कठोर बन्ने र समस्या भएका ठाउँमा कडा भन्दा कडा आन्दोलन गर्न पनि निर्णय गरेको छ । 

पत्रकारहरुको पेसाको पुर्ण सुरक्षाका लागि समाजिक सुरक्षाको योगदानलाई अगाडी बढाउने पहल थाल्न पनि सम्मेलनले महासंघलाई निर्देश गरेको छ ।साथै सक्रृय श्रमजिबि पत्रकाहरुलाई सबै खाले सञ्चार सामग्रीहरु सञ्चारगृहले उपलब्ध गराउनुपर्ने र नगराएमा सो बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने लगायतको निर्णय गरेको छ । 

सम्मेलनको बन्द सत्रमा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, शिव गाउँलेले प्रेस स्वतन्त्रता, कानून र निर्वाचन प्रणालीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

महासंघका उपाध्यक्ष बिपुल पोखरेलले प्रदेश समितिको अधिकारबारेको निर्देशिका र महासचिव रमेश बिष्टले प्रस्तुत गरेको संगठनको आवधिक प्रतिवेदनमाथि बृहत्त छलफल भएको थियो । छलफलमा सहभागी शाखा अध्यक्षहरुले महासंघलाई ट्रेड युनियन अधिकारमा लैजान अनि सदस्यता विरतणमा परिक्षा प्रणाली लागू गर्न माग पनि गरेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *