परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका जाँदै

 

पुस १, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिका भ्रमणमा जाने भएका छन् । 

अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग द्विपक्षीय वार्ताका लागि यही पुस २ गते बिहान अमेरिका प्रस्थान गर्न लागेका हुन् । 

null

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पुस ३ गते नै परराष्ट्र सचिव शङ्करदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने कार्यक्रम छ । 

सचिव वैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी छन् । 

मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *