न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारबाही हुन्छः मन्त्री विष्ट
मंसिर २०, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै लैजाने बताएका छन् ।
युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै श्रम मन्त्री विष्टले सामाजिक सुरक्षा योजनाको दायरा फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त योजनामा समेट्ने बताएका हुन् ।
null
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिँदै उनले ती क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षाले समेट्ने गरी अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने चेतावनी समेत दिए । ‘श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुनेछ’, उनले भने ।