बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेको गोल

साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई २–० ले हराएको हो। 

बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले गोल गरे । १० औँ मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता लियो । ४५ औँ मिनेटमा कप्तान मेस्सीले गोल गरे। 

 

null

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोनाको २–० को जित निश्चित बन्यो । मेस्सीले यो सिजन लिगका १७ खेल सकिँदा १५ गोल गरेका छन् भने १० गोलका लागि सहयोग गरेका छन् । जितपछि शीर्षस्थानको बार्सिलोनाको १७ खेलबाट ३७ अंक भएको छ । 

 

शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले स्पानियोललाई १–० ले हरायो । एथ्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले ५६ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । जितपछि १७ खेलबाट ३४ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । 

 

एक खेल कम खेलेको सेभिल्ला ३१ अंकसहित तेस्रो स्थानमा झरेको छ । अरु खेमा रियल बेटिस र एइबर तथा एथ्लेटिको बिल्बाओ र रियल भालाडोलिडले समान १–१ को बराबरी खेलेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *