प्रान आरएफएलको अत्याधुनिक शोरुम अब मैतिदेवीमा

 

पुस १, काठमाडौं । प्रान आरएफएल ग्रुपले राजधानीको मैतिदेवीमा गत मंसिर २७ गतेबाट घरायसी सामग्रीका अत्याधुुनिक शोरुम सुरु गरेको छ । अन्तराष्ट्रिय स्तरको क्वालिटि भएका आधुनिक फर्निचरहरुको शोरुम राजधानीको मुटु मैतिदेवीको मैतिदेवी प्लाजामा सुरु गरिएको हो । 

आधुनिक फर्निचर शोरुमको नेपालको लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले उद्घाटन गर्दै नेपालमा बंगलादेशका उत्पादनले राम्रो बजार लिएको बताइन् । उनले प्रानले आफ्ना गुणस्तरीय उत्पादन विश्वब्यापी बनाउँदै गएको अवस्थामा नेपालमा समेत बजार विस्तार गरेर नेपालीलाई गुणस्तरीय सामग्री उपलब्ध गराएकोमा प्रशंशा ब्यक्त गरिन् । 

null

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री रेशम लामा लगायत प्रान इन्टरनेशनलका नेपाल प्रतिनिधि आदीको उपस्थिति रहेको थियो । 

 

आरएफएल शोरुममा मेलामाइन, प्लाष्टिक्स र फर्निचरका गुणस्तरीय घरायसी सामानहरु रहेको शोरुमका सञ्चालक ध्रुव सिग्देलले बताए । ‘आरएफएल भनेको बहुराष्ट्रिय कम्पनी हो, जसले विश्वका १ सय ३९ देशमा आफ्ना विभिन्न उत्पादन विस्तार गरेको छ । नेपालमा विगत वर्षदेखि नै फर्निचर, मेलामाइन र प्लाष्टिक्सका सामग्रीहरु विक्रि भइरहेपनि ब्यवस्थित र एकै ठाउँमा सबै प्रकारका सामग्री पाउने अवस्था दिएन, त्यहि कुरालाई मध्य नजर गर्दै आरएफएल शोरुम सुरु गरेका हौं ।’ सञ्चालक सिग्देलले बताए । 

अत्याधुनिक शोरुममा ग्राहकले आरएफएलका काठका फर्निचर, सजावटका सामग्री, इलेक्ट्रोनिक्स आइटम लगायत करिब तीन सय भन्दा बढि प्रकारका सामानहरु खरिद गर्न पाउँछन् । आरएफएलका सामग्रीहरु चाइनिज र इण्डियन सामग्रीका तुलनामा केहि महंगो भएपनि किफायती र गुणस्तरीय भएको सञ्चालक सिग्देलको भनाई छ । 

करिब ५ करोडको लागितमा शोरुम सञ्चालक गरिएको हो । शोरुमले उद्घाटनका अवसरमा २० प्रतिशत सम्मको छुटको ब्यवस्था गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *