काठमाडौं महानगरपालिकामा अचाक्ली खर्च, बैठक भत्तामात्रै डेढ करोड

काठमाडौँ । १ करोड ५८ लाख ६० हजार रुपैयाँ । यो कुनै विकास योजनाको बजेट होइन । काठमाडौं महानगरपालिका कार्यालयको वार्षिक बैठक भत्ता हो । महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ । 

वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा बैठक भत्ता दैनिक ५५ हजार ८ रुपैयाँ हुन आउँछ । ३२ वडाका १ सय ५६ जनप्रतिनिधिले प्रतिबैठक १ हजार २ सय ३० रुपैयाँ लिएका छन् । जबकि महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा प्रतिबैठक एक हजार रुपैयाँ मात्र लिन पाइन्छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *