कार्यक्रमको मञ्चमै बेहोस भए भारतका केन्द्रीय मन्त्री !

२०७५ मंसिर २१ गते

मंसिर २१, भारत । भारतका केन्द्रीय मन्त्री नितिन गडकरी शुक्रबार आयोजित एक कार्यक्रमको मञ्चमै बेहोस भएका छन् ।
महाराष्ट्र अहमदनगरमा आयोजित एक कार्यक्रममा भाग लिन गएका उनी कार्यक्रम अघिदेखि नै अस्वस्थ थिए । कार्यक्रममा राष्ट्रियगानको लागि उभिने क्रममा अचानक बेहोस भएका हुन् । कार्यक्रममै बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
null
भारतीय सञ्चार माध्यमका अनुसार उनलाई सुगर थियो । सुगर लेभल लो भएका कारण उनी बेहोस भएका हुन् ।

२०७५ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित