मेलम्चीमा देखिएको समस्या छिट्टै समाधान हुन्छः मन्त्री मगर

 

पुस ९, काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान हुने बताएकी छिन् । 

वास मिडिया फोरम, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मेलम्चीमा देखिएको समस्या समाधान गर्न संयमित भएर लागि परेको बताएकी हुन् । 

null

कार्यक्रममा बोल्दै उनले इटालियन ठेकदार कम्पनी ‘सीएमसी’बाटै आयोजनाको काम सम्पन्न गर्न तयार रहेको भन्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह समेत गरिन् । 

‘सीएमसी कम्पनीको अविश्वासका कारण आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न सकेन । बाँकी काम सम्पन्न गर्न सरकार तत्परताका साथ लागि परेको छ’, उनले भनिन् । 

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाईदा लिन कसैलाई नदिइने दृढता पनि व्यक्त गरिन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *