नेकपाका सांसद भट्टराईले घरभाडावापत लिएको ९० हजार फिर्ता गर्ने

२०७५ पुस १ गते

पुस १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले घरभाडा बापत लिँदै आएको रकमको चौतर्फी विवाद बढेपछि फिर्ता गर्ने भएका छन् ।
योगेश भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै संसद सचिवालयबाट घरभाडाबापत लिएको ९० हजार रकम फिर्ता गर्ने उल्लेख गरेका हुन् । भट्टराईले आफ्नो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिर १० महिनासम्मको रकम फिर्ता गर्न वा आफ्नो पारिश्रमिकमा कट्टा गर्न आग्रह गरेका छन् ।
null
संसद सचिवालयले फारम भराउँदा काठमाडौँमा घर भएको कुरा स्पष्ट पार्दा पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन्।
संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा उनले दुःख व्यक्त गरे ।

२०७५ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित