दुबई जाने कामदारसँग बढि रकम लिने म्यानपावरमा छापा, कर्मचारी पक्राउ
मकालु खबर
२०७५ मंसिर २३ गते
मंसिर २३, काठमाडौँ । रोजागारीका लागि युएई जाने कामदारसँग ३ लाख ८० हजार रुपैयाँ लिने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
काठमाडौंको बसुन्धरामा रहेको शव ह्युमन रिसोर्स प्रालिमा विभागले विशेष सूचनाका आधारमा आइतबार दिउँसो छापा मारेको हो ।
एक कामदारबाट ३ लाख ३५ हजार रुपैयाँ लिँदै गर्दा एक कर्मचारीलाई रंगेहात पक्राउ गरिएको विभागका निमित्त प्रमुख तथा निर्देशक हरिप्रसाद ज्ञावलीले जानकारी दिए । ती कामदारबाट ४५ हजार पहिले नै लिइसकेको बुझिएको छ ।
null
पक्राउ परेका कर्मचारीसँग विभागले बयान लिइरहेको छ र उनले रकम लिएको स्वीकार गरेका छन् ।
सोमबार दुबई उड्न लागेका कामदारसँग पनि ३ लाख ८० हजार रुपैयाँका दरले उठाएको पाइएको छ । आवश्यक कागजात नियन्त्रणमा लिएको र म्यानपावर कम्पनीका सञ्चालकलाई पनि झिकाएको विभागले जनाएको छ ।
मकालु खबर
२०७५ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित