युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने प्रारम्भिक टोली घोषणा, टिममा को–को परे ?

पुस १६, काठमाडौँ । आगामी महिना हुने संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि २० सदस्यीय नेपाली क्रिकेट टोलीको प्रारम्भिक नामावली घोषणा गरिएको छ । 

नेपालले सोमबार प्रारम्भिक चरणमा २० खेलाडीको नाम छनोट गरि नामाली सार्वजनिक गरेको हो । 

आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासम्मलित छनोट समितिले प्रारम्भिक टोलीको चयन गरेको हो । अन्तिम टोलीको घोषणा भने केहि दिनको क्लोज क्याम्पपछि हुने जानकारी दिइएको छ । सिरिजका लागि नेपाली टोलीको क्लोज क्याम्प जनवरी ८ बाट सुरु हुँदैछ । 

null

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ । 

एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल खेल्नेछ । 

घोषित टोलीका खेलाडीहरुमा पारस खड्का (कप्तान), अविनाश बोहरा, बसन्त रेग्मी, भीम सार्की, बिक्रम सोब, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी,रोहितकुमार पौडेल,सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *