कोइला बालेर सुत्दा बालकको मृत्यु

पुष ५, डडेल्धुरा । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

जाडोका कारण कोठामा मक्कलमा आगोका कोइला राखेर ढोका थुनी सुतेका आमा छोरा आज बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पुर्याइएका थिए । अस्पतालले छोरा बिनोदको करीब छ घण्टा अगाडिनै मृत्यु भएको अनुमान गरेका छन् । 

डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको बुझिएको प्रहरीले जनाएको छ । मृत्यु भट्टका बुबा कामको सिलसिलामा विदेशमा छन् । 

null

अक्सिजन पर्याप्त रुपमा नपाउँदा निसास्सिएर १३ वर्षीय विनोद भट्टको मृत्यु भएको छ भने आमालाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रिफर गरिएको छ । अमरगढी नगरपालिका–५ डडेल्धुरा पेनेसिया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हीरा भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *