लागूऔषध सहित पक्राउ

पुस ३, बिराटनगर । झापाको दमक नगरपालिका–७ बसपार्कबाट प्रहरीले लागूऔषध सहित एक युवाकलाई पक्राउ गरेको छ । आईतबार अपरान्ह साढे ४ बजेको समयमा लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम १०/१० एम्पुल सहित गौरादह नगरपालिका–१ डिपु चौकका २१ वर्षिय प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो । 

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो । 

बरामद लागूऔषध सहित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *