अझै सुरु भएन माइक फुटाएपछि स्थगित भएको महासमिति बैठक

 

पुस ३, काठमाडौँ । मंगलबार बिहान स्थगित भएको काँग्रेस महासमिति बैठक अझै बस्न सकेको छैन । 

विधान मस्यौदामा सहमति नजुटेपछि बैठक सुरु हुनेबित्तिकै ओक्रोशित बनेका महासमिति सदस्यहरुबीच बोल्ने क्रममा माइक खोसाखोस भएपछि अबरुद्ध बनेको थियो । 

null

महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि बैठक अबरुद्ध भएको हो । 

केसी बोलिरहँदा एकाएक महत आएर माइक खोसेपछि भएको धकेलाधकेलले माइक नै फुटेको महासमितिका एक सदस्यले बताए । विवादपछि विधान मस्यौदा पेश भएपश्चात मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित गरिएको बैठक अझै सुरु भएको छैन । 

महासमिति सदस्यहरुले विधान संशोधनको प्रस्ताव नल्याएसम्म बैठक चल्न नदिने भन्दै नाराबाजी समेत गरेका थिए ।  

नाराबाजीपछि बैठक स्थगित गरेर पदाधिकारीहरु विधान टुंगो लगाउन सिंहदरबारस्थित संसदीय दलको कार्यालय छलफलमा जुटेपछि अनिश्चित सयमसम्म बैठक स्थगित भएको छ । 

बैठकमै एक नेताले आक्रोश समेत पोखेका थिए । महासमिति बैठक सुरु भएको चार दिन भइसक्दा पनि पार्टीको विधान तयार नहुँदा बैठकले तनावको रुप लिएको हो । 

काँग्रेसमा अहिले किचलोको मुख्य विषय भनेको पदाधिकारी मनोनित कि निर्वाचित भन्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *