संविधान संशोधन हुन्छ: अध्यक्ष प्रचण्ड
मंसिर २७, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको विमोचन गर्दै अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
null
उत्पीडित समूदाय र शहीदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढ्न सम्बन्धित पक्षलाई आह्वान गर्दै उनले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको स्पष्ट पारे ।
अध्यक्ष दाहालले उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दाबी पनि गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले समूहगत हिसाबले नेपालको परिवर्तनमा थारु समूदायको योगदान प्रमुख रहेको उनले बताए। थारु जाति सबैभन्दा सोझो, इमान्दार र मेहेनती हुने उनको भनाइ थियो ।