‘केदारनाथ’ की निर्मात्री प्रेरणा अरोडा पक्राउ

 

मंसिर २३, काठमाडौँ । करिब १६ करोड ढगी गरेको आरोपमा फिल्म निर्माता प्रेरणा अरोडा पक्राउ परेकी छिन् । 

शनिबार दिउँसो मुम्बई आर्थिक अपराध शाखाले उनलाई नियन्त्रणमा लिएको हो । 

null

प्रेरणा क्रिअर्ज इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसकी सञ्चालक प्रेरणालाई सशान्त सिंह राजपुत र सारा अली खानको फिल्म केदारनाथ रोनी स्क्रुवालालाई बेच्दा फिल्मका वितरक वाहु भगनानीले गैरकानुनी रुपमा फिल्मको राइट्स बेचेको भन्दै निर्मात्री प्रेरणा र क्रिअर्जकाविरुद्ध मुद्दा दर्ता गराएका थिए । 

वितरक भगनानीले आफूलाई १६ करोड रुपैयाँ नोक्सानी भएको भन्दै मुम्बइको उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । 

शुक्रबारबाट रिलिजमा आएको फिल्म केदारनाथले पहिलो दिन ७.२५ करोड कमाइ गरेको छ । फिल्मप्रति दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन्। फिल्म् प्रदर्शनमा आउनु अगावै पनि विवादमा परेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *