ए डिभिजन लिग: एपीएफ र आर्मी, लिग लिडर मनाङ र पुलिस आमने सामने

पल्सर शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार दशौं चरणको खेल सकिँदै छ । जस अन्तर्गत आइतबार २ वटा खेल हुँदैछन् । आइतबारका दुवै खेल एन्फा मैदान ललितपुरमा हुने छ । बिहान ११ बजे हुने पहिलो खेलमा दुई विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मी आमने सामने हुने छन् । 

जारी प्रतियोगितामा आर्मी १८ अंकसहित चौथो स्थानमा रहँदा १३ अंक जोडेको एपीएफ आठौं स्थानमा छ । आजको खेलमा आर्मी विजयी भए तेस्रो स्थानको थ्रीस्टारसँगको अंक दूरी १ मा झार्ने छ भने एपीएफ विजयी भए आर्मीभन्दा २ अंक कम हुँदै पाचौं स्थानमा पुग्ने छ ।  

आइतबार नै हुने दोस्रो खेलमा लिग लिडर सिंग्नेचर मनाङ मर्स्याङ्दी र विभागीय क्लब नेपाल पुलिस आमने सामने हुने छन् ।  

null

शीर्ष स्थानमा रहेको मनाङ नवौं चरणसम्म अपराजित रहँदै २७ अंक जोडेको छ । पुलिस १५ अंक जोड्दै पाँचौ स्थानमा छ । आजको खेलमा मनाङ विजयी भए दोस्रो स्थानको संकटासँग ५ अंकको अग्रता बनाउने छ । पुलिस विजयी हुँदा १८ अंक पुर्‍याउने छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *