कुकुरले लिङ्ग खाइदिएपछि….

 

पुष ५, भरतपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङको ५ महिनाको शिशुलाई भुइँमा सुताएर पानी लिन  गएको बेला कुकुरले शिशुको लिङ्गको आधा भाग खाइदिएको छ । 

मंसिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिङ्गको आधा भाग खाइदिएको हो । घरको दैनिकी काममा व्यस्त चेपाङ शिशुलाई कट्टु लगाउनसमेत भ्याएकी थिईनन् । उनले भने ‘श्रीमान् बजार गएका थिए । घरमा खानेपानी थिएन । बच्चालाई आँगनमा सुताएर पानी लिन गएर आउँदा कुकुरले बच्चाको पिसाब फेर्ने खाइसकेको थियो’ ।’ 

null

तत्काल शिशुलाई परिवारले पुरानो मेडिकल कलेज भरतपुर ल्याए । ‘शिशुलाई अस्पताल पुर्याउँदा पिसाब नली देखिएको थिएन’ पुरानो मेडिकल कलेज भरतपुरका यूरोलोजिष्ट बिभागका प्रमुख डाक्टर सुदिपराज केसीले भने, ‘सफल शल्यक्रियापछि शिशुको ज्यान जोगिएको छ ।’ 

पुरानो मेडिकल कलेजका चार जना चिकित्सकको टोलीले बच्चाको पिसाब नलीको सफल शल्यक्रिया गरेको हो । चिकित्सकको टोलीले बच्चाको प्रजनन् र पिसाब नलीको अप्रेसन गरेको थियो । ‘बच्चाको पिसाब पनि भएको छ । तर पछि प्रजनन्मा समस्या आउँन सक्ने सम्भावना हुन सक्छ’ उपचारमा संलग्न डाक्टर भूषणराज तिमिल्सेनाले भने, ‘सफल शल्यक्रियापछि शिशुलाई पुरानै अवस्थामा फर्काउन सकिएको छ ।’ शिशुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *