तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार


पुस १३ काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानिय विकाशका लागि नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।
सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरका हुन् । देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै नीजि क्षेत्रको सहभागिताले देशको चौतर्फी विकाशमा मुख्य भूमिका खेल्ने विचार ब्यक्त गरेका थिए ।
नेपाल सरकारका माननिय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई प्रदेश नम्बर तीनका माननिय मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उधोग वाणिज्य महासंघका बरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानिय जनप्रतिनिधिहरू एवम् विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गरेका थिए ।
null
सन् २००१ मा स्थापना भएको आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।
