बालबालिकाहरुलाई पहिलो पाइलाको सहयोग

 

पुस ८, बिराटनगर । बिराटनगर महानगरपालिका १९ का मुसहर दलित बालबालिकाहरुलाई पहिलो पाइला नेपालले न्यानो कपडा वितरण गरेको छ । संस्थाले न्यानो माया अभियान कार्यक्रम गरी २३ घरपरिवारका ४३ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरेको होे । 

गरिबीका कारण गाँस, बास र कपासका लागि समस्या बेहोरिरहेका मुसहर समुदायका बालबालिकालाई पहिलो पाइला नेपालले आयोजना गरेको कार्यक्रममा महानगरपालिका १९ का वडा अध्यक्ष बद्री सरदारले ब्लांकेट, सुईटर लगायतका न्यानो कपडा प्रदान गरे । समाजमा आई परेका समस्याहरुमा संस्थाका युवाहरुको सहयोगी हातहरु बढाउने प्रयासमा रहेको मोरङ शाखाका अध्यक्ष सुवास गौतमले बताए । 

null

उनले मुसहर समुदायका बालबालिकाहरुका लागि सहयोग गर्न सबैसँग आग्रहसमेत गरे । कार्यक्रममा वडा अध्यक्ष सरदार, संस्थाका केन्द्रिय महासचिव विजय खड्कालगायतले दलित बालबालिकाहरुलाई शिक्षा क्षेत्रमा अगाडी बढ्न आग्रह गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *