चेल्सी बराबरीमा रोकियो, विजेता बन्दै अन्तिम ३२ मा

एजेन्सी । इंग्लिश क्लब चेल्सी युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरीमा रोकिएको छ । बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा चेल्सी हंगेरीको भिडी एफसीसंग २ – २ गोलको बराबरीमा रोकिएको हो । 

भिडीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्दै अंक बाडेको हो । खेलको ३० औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई १ – ० को अग्रता दिलाएका थिए । तर, खेलको ३२ औं मिनेटमा चेल्सीका इथान अम्पाडुले आत्मघाती गोल गरेपछि पहिलो हाफ १ -१ गोलको बराबरी भएको थियो । 

दोस्रो हाफमा भिडीले अग्रता बनायो । खेलको ५६ औं मिनेटमा लोइच नेगोले गोल गर्दै भिडीलाई २ – १ को अग्रता दिलाए । तर, खेलको ७५ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याए । 

null

समूह चरणको अन्तिम खेलमा बराबरीमा रोकिएपनि चेल्सी समूह ‘एल’ को विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । चेल्सीले ६ खेलमा ५ जित र एक बराबरीसहित १६ अंक जोड्न सफल भयो । पराजित भिडी ७ अंक जोडेर समूह चरणबाटै बाहिरियो । 

यस समूहबाट बाते बोरिसोभले समूह उपविजेता बन्दै अन्तिम ३२ मा स्थान बनायो । बिहिबार राति पीएओके एफसीलाई ३ – १ ले हराएर बोरिसोभले अन्तिम ३२ को यात्रा तय गरेको हो । बोरिसोभले ६ खेलमा ९ अंक जोड्यो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *