लागुऔषध सेवन रोक लगाउँदा हत्या

पुष २ सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । 

गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए । घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

मिश्रका श्रीमती, दुई वर्षीय छोरा र बृद्ध आमा बुबा छन् । मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले आज राजविराज–कुनौली सडक खण्ड अवरुद्ध पारेका छन् । प्रदर्शनकारीले तत्काल अपराधीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् । 

null

प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजतलास तथा अन्य अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र  बिष्टले बताए । मिश्रको हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेकाले चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक बिष्टले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *