भ्यालेन्सियालाई हराउँदै रियल पाँचौं स्थानमा उक्लियो

स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियालाई २–० ले हराउँदै रियल पाँचौं स्थानमा उक्लिएको छ। 

सान्टियागो बर्नाबाउमा भएको खेलको शुरुवातमै रियलले आत्मघाती गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा डेनियल कार्भाहलको प्रहार क्लीयर गर्न खोज्दा डेनियल वासले आफ्नो पोस्टमा हेडर गोल गरेका थिए । 

पहिलो हाफमा रियल पहिलो हाफमा एक गोलको अग्रतामै सीमित बन्यो । तर ८३औं मिनेटमा रियलले गोल गर्‍यो । डि एरियाभित्र करिम बेन्जेमाले पास दिएको बललाई लुकास भाज्क्वेजले गोलमा परिणत गरे । 

null

जितसँगै रियल १४ खेलबाट २३ अंक बटुल्दै पाँचौं स्थानमा उक्लिएको छ भने भ्यालेन्सिया समान खेलबाट १७ अंक बनाउँदै १३औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *