मान्जुकीको गोलमा युभेन्टस विजयी, ८ अंकको अग्रता

 

युभेन्टसले इटालियन सिरी ए फुटबलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई हराउँदै शीर्षस्थानको युभेन्टसले ८ अंकको अग्रता लिएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई १–० ले हराएको हो । 

युभेन्टसको जितमा ३५ औँ मिनेटमा मारियो मान्जुकीले गरेको गोल नै निर्णायक बन्यो । थप खेलाडीका रुपमा मैदान छिरेका युभेन्टसका डुग्लस कोस्टाले गोल गरेका थिए । तर लामो भिडियो एसिस्टेन्ट रेफ्री प्रक्रियापछि उनको गोलले मान्यता पाएन । 

null

 

यस्तै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले तीनपटक गोल गर्ने प्रयास गरे । तीनैपटक रोनाल्डोको प्रहार रोमाका गोलरक्षक रोबिन ओल्सेनले रोके । 

युभेन्टसका कप्तान जर्जियो चिलिनीले हेडमार्फत गोल गरेका थिए, तर फउल भएका कारण मान्यता पाएन । रोनाल्डोले बाइसाइकल किक मार्फत गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन । 

 

लिगका १७ खेल सकिँदा युभेन्टसले १६ मा जित निकालेको छ भने एकमा बराबरीमा रोकिएको छ । उसको ४९ अंक भएको छ । दोस्रो स्थानको नापोलीको ४१ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *