‘कर्मचारी समायोजन अध्यादेश’ को विरोधमा कर्मचारीले वुझाए ज्ञापन पत्र

 

पुस ४, चन्द्रागिरि । ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारीहरुले देशभरका स्थानीय तहको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबारदेखि ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निष्कर्ष निकाल्दै देशभरका सबै स्थानीय तहको कामकाज ठप्प पारेका हुन । 

निजामती कर्मचारीहरुलाई दिईदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएपछि त्यसको विरोधमा स्थानिय तहका कर्मचारी आन्दोलित भएका हुन् । देशैभरको आन्दोलन जस्तै चन्द्रागिरि नगरपालिका अन्र्तगत स्थानिय निकायका कर्मचारी पनि कामकाज ठप्प पारेर मेयर गिरीलाई ज्ञापन पत्र वुझाए । 

null

नगरपालिकाका कर्मचारीहरुले केन्द्रको निर्णय बमोजिम स्थानिय स्तरका क्रियाशिल संघ, संगठन, युनियन तथा एशोसियसनहरुले संयुक्त रुपमा समिति गठन गरी आन्दोलनको घोषणा गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य दिपक कुमार उपाध्यायले बताए । 

उनीहरुले कर्मचारी समायोजन अध्यादेशले सेवा सुविधाबाट गरेको बञ्चितसहितका माग तत्काल सम्बोधन गर्न मागसहित आन्दोलित भएको जनाएका छन् । नगरपालिकाका कर्मचारीहरुको आन्दोलनमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले समेत ऐक्यवद्धता जनाएका छन् । चन्द्रागिरि नगरपालिकामा सबै संघ संस्थाको संयुक्त मोर्चा स्थानिय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समिति र चन्द्रागिरि नगरापालिकाले सुरु गरेको आन्दोलनमा मेयर गिरीले ज्ञापन पत्र बुझ्दै ऐक्यबद्धता जनाएका हुन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *