धरानमा बालिकालाई मुखमैथुन गराउने एक पक्राउ
मकालु खबर
२०७५ पुस ५ गते
पुस ५, धरान । धरानमा अवोध बालिकालाई जबरजस्ती मुख मैथुन गराएको आरोपमा ईलाका प्रहरी कार्यलय धरानले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले धरान–४ का ४० वर्षीया सन्तोष कार्कीलाई बुधबार पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार सोही ठाउँकी एक बालिबालाई कार्कीले मङ्सिर २९ गते साँझ ६ बजे मोबाइल दिएर मुखमैथुन गराएको आरोपमामा पक्राउ गरेको हो ।
पीडितका परिवारले दिएको उजुरीका आधारमा बुधबार पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीलाई जबरजस्ती करणी अन्तर्गत अनुसन्धान अगाडि बढाएको डि एस पी तिम्लसीनाले जानकारी दिए ।
null
मकालु खबर
२०७५ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित