इपीएलः भैरहवालाई पराजित गर्दै ललितपुर क्वालिफायरमा

 

पुस १, काठमाडौँ । ललितपुर प्याट्रीयट्स टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । 

टियु क्रिकेट मैदानमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा भैरहवा ग्लाडीयटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुर क्वालिफायरमा प्रवेश गरेको हो । 

null

भैरहवाले दिएको ९३ रनको लक्ष्य पछ्याएको ललितपुरले १४ ओभर २ बलमा ३४ बल बाँकी रहदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

ललितपुरका लागि पवन सरार्फले २५ रन जोड्दा किशन कोल्शावाला २२ रनमा अविजित रहे । भैरहवाका लागि रायन टेन डेसकाटेले २ विकेट लिए । 

जितसँगै ५ खेलबाट ८ अंक जोडेको ललितपुर शीर्ष स्थानमा पुगेको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो । 

भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रन जोडे जोड्दा रवि इन्दर सिंहले २५ रन बनाए । 

यस्तै ललितपुरका सन्नी पटेलले ५ विकेट लिए । यस्तै योगेन्द्र सिंह कार्की र राशिद खानले समान २–२ विकेट लिए । 

लिगको दोस्रो स्थानमा रहेको भैरहवाले ५ खेलबाट ६ अंक जोडेको छ । भैरहवाको पनि क्वालिफायर पुग्ने सम्भावना रहेको छ । 

क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्ने हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *