पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । घटेको मुल्य मंगलवार राती १२ बजेदेखी लागु हुने निगमले जनाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैंया मुल्य घटाएको छ । 

निगमको नयाँ मुल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टितेल प्रतिलिटर ९७।०० रहेको छ । हवाई ईन्धन र एलपि ग्यासको मूल्य यथावत रहेको छ ।अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुन ः केही कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएकाले पेट्रोलियम पदार्थको मुल्य घटेको निगमले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *