तराई मुक्ति मोर्चाको विवेक समूहले सरकारलाई बुझायो हतियार

 

मंसिर २८, विराटनगर । अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) ले आफूसँग भएको हातहतियार सरकारी वार्ता टोलीलाई बुझाएको छ । मोर्चाले बिहीबार विराटनगरमा आयोजित कार्यक्रमकाबीच सरकारी वार्ता टोलीलाई हतियार बुझाएको हो । टोलीले शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता पनि जनाएको छ । 

यसअघि राजनितिक मुद्धा उठान गरेर तराईमा सशस्त्र गतिविधि गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहबाट अलग्गिएर गठन गरिएको विवेक समूहका संयोजक सहित चार जनाले सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे समक्ष हातहतियार बुझाउँदै सार्वजनिक भएका हुन् । 

null

मोर्चाका सदस्यहरुले कटुवा पेस्तोल २ थान र एकथान स्वचालित पेस्तोल टोली समक्ष बुझाएका छन् । 

वार्ताटोली समक्ष हतियार बुझाउँदै सार्वजनिक हुनेहरुमा अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) का संयोजक विनोदकुमार यादव भनिने विवेक यादव, रामु कामैत भनिने रामनन्दन कुमार कामैत, विनायक कुमार यादव र जयप्रकाश लिचपुरिया रहेका छन् । 

सो क्रममा मोर्चाका संयोजक विवेकले विगतमा शसस्त्र आन्दोलनको क्रममा आफुहरुलाई लगाइएको मुद्धा फिर्ता लगायतका बिषयमा वार्ता टोलीसँग सहमति भएपछि हतियार बिसाउँदै शान्तिपूर्ण रुपमा राजनीतिमा फर्किन लागेको बताए । 

सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विवेक समूहको मोर्चासँग थप हातहतियार रहेको र ती हतियारहरु समेत वार्ता टोली मार्फत् सरकारलाई बुझाइने बताए । 

उनले समूहका अन्य सदस्यहरुसँग भएको थप हतियारहरु संकलन गर्न केहि समय लाग्ने भएकाले आगामी पौषको पहिलो साता थप हतियार बुझाउने सहमति भएको जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *