म्यानमारः अवैध रूपमा प्रवेश गरी जेल परेका बङ्गलादेशका सत्र नागरिक मुक्त

मंसिर २१, याङ्गुन । म्यानमारको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ । 

आफ्नो जेलमा रहेका र सजाय पूरा गरेका ती बङ्गलादेशीलाई जेल मुक्त गरिएको म्यानमारका अधिकारीलाई उद्धृत गर्दै म्यानमारको अखबार ‘ग्लोबल न्युज लाइट अफ म्यान्मार’ले शु्क्रबार जनाएको छ । 

म्यान्मारको जेलबाट मुक्त भएका तीन १७ बङ्गलादेशी नागरिकलाई रखाइन राज्यको माउङ्गतावका अधिकारीहरूले बङ्गलदेशको सीमा सुरक्षा गार्डलाई बुधबार जिम्मा लगाएको जनाइएको छ । 

null

बङ्गलादेशको सीमा सुरक्षागार्डले उनीहरूलाई पानी जहाजबाट आफ्नो देश लैजाने तयारी गरिरहेको जानकारी दिएका बताइएको छ । 

जेलमा रहेका १७ मध्ये १४ जनालाई म्यानमारमा अवैध रूपमा प्रवेश गरेर बिना काम बसिरहेको आरोप लगाइएको थियो । त्यसैगरी अरू तीन जनालाई भने म्यानमारमा विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो । 

उनीहरूलाई दिइएको जेल सजाय पूरा भएपछि जेलबाट मुक्त गरिएको म्यानमारका अधिकारीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *