कांग्रेसको आर्थिक प्रतिवेदन पारित, मंगलबार राजनीतिक प्रतिवेदनमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेकाे छ । 

नेताहरुले दिएको सुझावलाई समेत समेटेर सो प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले उक्त प्रतिवेदन पेश गरेकाे थियाे । 

पारित आर्थिक प्रतिवेदनमा ओली सरकारले मुलुकलाई समृद्ध बनाउन नसक्ने दावी गर्दै उत्पादनमा जोड दिएर गरीब जनताको पक्षमा आर्थिक पहुँचको विकास गर्नुपर्ने उल्लेख गरिएको छ । 

null

मंसिर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक मंगलबार पनि जारी रहने भएकाे छ । 

भाेलिकाे बैठकमा भने राजनीतिक प्रतिवेदन पेश हुने र साेही प्रतिवेदनमाथि छलफल हुनेछ ।उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *