राइटपाथको चितवन र काठमाडौंका ग्राण्ड सेमिनार

मंसिर २२, काठमाडौं । राइटपाथ करियर काउन्सेलिङले चितवन र काठमाडौंमा उच्च शिक्षाका लागि युरोपियन देश माल्टा जाने विद्यार्थीलाई करियर काउन्सेलिङ सेमिनार गरेको छ । 

राइटपाथको गएको साता उद्घाटन भएको चितवन शाखामा शुक्रबार सम्पन्न सेमिनारमा चितवनका तीन दर्जन विद्यार्थीको सहभागिता रहेको थियो । भने, काठमाडौंमा पनि उत्तिकै संख्यामा विद्यार्थीको सहभागिता रहेको थियो । 

 

null

सेमिनारमा अमेरिकन युनिभर्सिटी अफ माल्टाकी नेपाल प्रतिनिधि होली बोउले विद्यार्थीलाई माल्टाको शैक्षिक गुणस्तरीयता, अमेरिकन युनिभर्सिटी अफ माल्टाका विषयमा विद्यार्थीलाई जानकारी गराएकी थिइन् । सेमिनारमा बोल्दै होली बोउले अमेरिक युनिभर्सिटी अफ माल्टामा अण्डरग्राजुएट देखि पिएचडीसम्म अध्ययनगर्न सकिने बताइन् । 

युनिभर्सिटीले नेपाली विद्यार्थीलाई उनीहरुको योग्यता हेरेर स्कलरशिप समेत ब्यवस्था गरेको जानकारी गराउँदै माल्टामा उच्च शिक्षा अध्ययन सँगै करियर निर्माणका लागि विभिन्न अवसर समेत पाउने बताइन् । 

सेमिनारमा आएका मध्ये १० जना विद्यार्थीलाई अन द स्पट एड्मिसनका आधारमा ५० प्रतिशत स्कलरशिप समेत दिइएको राइटपाथ चितवन शाखाका प्रबन्ध निर्देशक सुरज पौडेलले बताए । 

सेमिनारमा विद्यार्थीले Abroad Study का प्रक्रिया, लागत, कलेज छनौट, भिजा प्रकृया, पढाईहुने विषय लगायतका बारेमा जिज्ञासा राखेको पौडेलले जनाए । दुई वर्ष अघि राजधानीमा सुरु भएको राइटपाथले चितवनमा गत साता भब्यरुपमा शाखा स्थापना गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *