प्राइम लाइफबाट जारी ६ सय बिमालेख नक्कली, तीन कर्मचारीसहित ६ पक्राउ

पुस ८, काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सका तीन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनुपूर्व जारी भएका प्राइम लाइफका करिब ६ सय बिमालेख नक्कली भएको भेटिएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रारम्भिक अनुसन्‍धानमा बिमा गरिएको रकम समेत कर्मचारीले आफ्नै खातामा राखेको प्रमाणित भएपछि प्रहरीले प्राइमका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

कम्पनीका कर्मचारी भोला पोखरेल, सुदीप खड्का, प्रकाश रेग्मी तथा वैदेशिक रोजगार व्यवसायमा संलग्न ध्रुव रेग्मी र सिंहबहादुर लामालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएकाे हाे ।  

null

काठमाडौं हात्तीसार केन्द्रीय कार्यालय रहेको प्राइमको नामबाट जारी भएका ५७४ जनाको बिमालेख नक्कली भएको खुल्न आएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । 

कर्मचारीहरुले बिमा गरिदिए बापत सेवाग्राहीबाट चार हजार रुपैयाँसम्म लिने गरेको र यसरी बिमा गराएकामध्ये अधिकांश विदेशमा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *