युभेन्ट्सले साम्पडोरियालाई हरायो, रोनाल्डोले गरे दुवै गोल

एजेन्सी । इटालियन सिरी ‘ए’ युभेन्ट्सले साँघुरो जित निकालेको छ ।  शनिबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २ – १ गोल अन्तरले हराएको हो ।  

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन दुवै गोल रोनाल्डोले गरे । साम्पडोरियाका फाबियोले एक गोल गरे । 

घरेलु मैदानमा रोनाल्डोले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा फाबियोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए । 

null

 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुन: रोनाल्डो दृश्यमा आए । र, खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए । 

जितसंगै युभेन्ट्सले लिगमा आफ्नो अग्रता फराकिलो बनाएको छ । युभेन्ट्सले १९ खेलबाट ५३ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको नापोली भन्दा १२ अंकले अघि छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *