रोनाल्डो गोल गर्न असफल, समूह चरणको अन्तिम खेलमा युभेन्ट्स पराजित

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । 

बुधबार राति भएको खेलमा युभेन्ट्स स्विस क्लब योङ ब्वाईजसंग २ – १ गोल अन्तरले पराजित भएको हो । योङको घरेलु मैदानमा भएको खेलमा पाउल डिबालाले एक गोल फर्काएपनि युभेन्ट्सलाई हारबाट जोगाउन सकेन । योङका लागि दुवै गोल गुईलाउमी होअराउले गरे । 

 

null

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेको युभेन्ट्सविरुद्धले योङले खेलको ३० औं मिनेटमा होअराउको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । 

खेलको ६८ औं मिनेटमा होअराउले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २ – ० को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा युभेन्ट्सका डिबालाले एक गोल फर्काए पनि युभेन्ट्स २ – १ गोल अन्तरले पराजित भयो । 

खेलमा बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले गोल गर्न सकेन । उसका स्टार स्ट्राइकर रोनाल्डो गोल गर्न असफल भए । 

 

जितसंगै योङले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । तर, योङ नकआउट चरणमा भने पुग्न सकेनन् । 

समूह चरणको अन्तिम खेलमा पराजित भएपनि युभेन्ट्स समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । युभेन्ट्सले ६ खेलबाट १२ अंक जोड्यो । योङले ४ अंक जोड्न सक्यो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *