ग्लोबल आइएमईको नयाँ शाखा अब अत्तरियामा 

मंसिर २८, काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ शाखा कैलालीको अत्तरियामा पनि संचालनमा ल्याएको छ । यही मसिंर २६ गते बुधबारका दिन प्रदेश नं. ७, कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको हो । 

यस अत्तरिया शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३३ पुगेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस बरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने ग्लोबल आइएमई बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, थप सुविधाहरुका साथ परिमार्जित एवं विस्तारित मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर हाल सम्म यी देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको पनि छ । 

null

त्यसैगरि यस बैंकले मलेसिया, दक्षिण कोरिया, बेलायत, कतार, युएई, अष्ट्रेलिया, भारत बराइन, जोर्डन, भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *